चितवन – चितवनमा कर्फ्यु आदेश जारी गरिएकाे छ । राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीकाे मृत्युकाे विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आगजनीलगायत शान्ति भङ्ग गर्न सक्ने अवस्था भएकाले आज बेलुकी साढे सात बजेदेखि भाेलि बुधवार बेलुकी साढै सात बजेसम्म कर्फ्यु आदेश गरिएकाे हाे ।

यस अवधिमा लामाे दुरीका गाडीबाहेक आवातजावत र भेला हुन राेक लगाइएकाे जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा जनाइएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुजिता भण्डारीकाे मृत्युकाे विषयलाई लिएर आफन्त र सर्वसाधारणले राजमार्ग नै बन्द गरेर प्रदर्शन गर्दै आइरहेका थिए ।