सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–९ जयतपानीका ३५ वर्षीय रेशमबहादुर रोका ६ महिनाअघि भारतको गोवाबाट फर्किए । भारतबाट ल्याएको कमाइ सकिएको र गाउँमा रोजगारी नभएको भन्दै उनी फेरि भारत जाने तयारीमा छन् ।

मजदुरीका लागि भारत जाँदै गरेका युवा सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाबाट गाडी चढ्दै। तस्बिर : विप्लव/कान्तिपुर
कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्किएका शारदा नगरपालिका–८ का ३२ वर्षीय कमल नेपाली सात जना साथीहरूसहित सोमबार भारत गए । निषेधाज्ञा खुकुलो भएसँगै जिल्लाका विभिन्न व्यापारिक केन्द्र हुँदै भारत जानेको लर्को लागेको छ । ‘घरको उत्पादनले ३ महिना खान पुग्दैन, लकडाउनमा पनि त्यसै बसियो,’ रोकाले भने, ‘अब भारत नगए परिवार कसरी पाल्ने ?’ बेरोजगारीको समस्याका कारण जीविकोपार्जनमा समस्या देखिएपछि गाउँका दुई दर्जन युवा पनि भारत जाने तयारीमा रहेको उनले बताए ।

महामारीकै कारण जागिर गुमाएका सिद्धकुमाख गाउँपालिकाका ३६ वर्षीय प्रकाश खड्का पनि मंगलबार भारतको मुम्बई गए । ‘रोजगारीका नाममा कार्यकर्तालाई मात्र काम दिइन्छ,’ उनले भने, ‘न गाउँमा धेरै जग्गा छ न रोजगारी नै पाइन्छ ।’ चार महिनाअघि भारतबाट फर्किएका उनले लकडाउनको समयमा लागेको ऋण तिर्न पनि मुम्बई जानुको विकल्प नभएको उनले बताए । गाउँमा मजदुरी गर्न खोजे पनि नपाइएको उनले गुनासो गरे ।

अहिले सदरमुकाम खलंगा, सल्लीबजार, बाग्चौर, थारमारे, कपुरकोटलगायत व्यापारिक केन्द्रबाट छुट्ने अधिकांश गाडी भारत जाने युवाहरूले भरिन थालेका छन् । गाउँमा बसेर गुजारा चलाउन समस्या भएपछि भारत जान थालेको नेपालीले बताए । ‘घरमा त्यत्तिकै बसेर ७ जना परिवारको चुलो बल्दैन,’ उनले भने, ‘न गाउँमा चाहेअनुसारको काम पाइन्छ ।’

बेरोजगारलाई रोजगार दिलाउन स्थानीय तहले प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि टाढाबाठाले मात्र अवसर पाएको उनको भनाइ छ । ‘रोजगारीका नाममा नेतालाई कार्यकर्ता पाल्न मात्र ठिक्क छ,’ उनले भने, ‘हाम्रो पीडा कसले बुझिदिने ।’ गाउँमा विकास निर्माणका काम पनि ठप्प हुँदा आफूहरूले रोजगार पाउन नसकेको उनी बताउँछन् ।

शारदा नगरपालिका–९ सुन्चौरमा फर्निचर व्यवसाय सञ्चालन गरिरहेका कर्णबहादुर रोका पनि लकडाउन खुकुलो भएसँगै भारत जाने तयारीमा छन् । गत वर्ष चैतदेखि भदौसम्म बन्द भएको उनको फर्निचर उद्योग दसैंपछि मात्र खुलेको थियो । ‘भर्खर काम पाइन थालेको थियो, फेरि कोरोनाकै कारण बन्द भयो,’ उनले भने, ‘अब त उद्योगको ऋण तिर्न पनि भारत जानुपर्ने बाध्यता भयो ।’ उनले ६ लाख रुपैयाँ ऋण लिएर दुई वर्षअघि मात्र उद्योग खोलेका थिए ।

स्थानीय तहले युवालाई ३ महिनाभन्दा बढी समय रोजगारी दिन नसक्दा पनि युवाहरू भारत जानुको विकल्प नभएको रोका बताउँछन् । विकास निर्माणका काममा डोजरलगायत ठूला उपकरण प्रयोग हुँदा पनि रोजगारी पाउन मुस्किल भएको उनले बताए । ‘गाउँमा न उब्जनी हुन्छ न गतिलो रोजगार नै पाइन्छ,’ उनले भने, ‘सक्नेहरू अरू देश जान्छन्, नसक्नेलाई भारतकै मजदुरीको भर छ ।’

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा पर्याप्त बजेट नआउँदा भारतबाट फर्किएका सबै युवालाई रोजगारी दिन नसकिएको बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले बताए । ‘माथिबाट आएको बजेटले एउटा पालिकामा ३ सय जनाभन्दा बढीलाई रोजगारी दिन मुस्किल छ,’ उनले भने, ‘पालिकाकै बजेटले कृषि, पशुपालन, विकास निर्माणलगायतमार्फत युवालाई रोजगारीमा समेटिरहेका छौं ।’ शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले आयआर्जन र विकास निर्माणका क्रियाकलापमार्फत युवालाई रोजगारीमा जोडिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah