काठमाडौं, २३ असार । नेकपा एमालेको एकता जोगाउनका लागि गठित कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त जानकारी दिँदै कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख पुगेको बताएका छन् ।

उनले भने, ‘कार्यदलका तर्फबाट नेताहरूको विचार र भावना बुझिएको छ । कार्यदलमा छलफल निष्कर्षउन्मुख छ । सम्भवतः भोलि टुंग्याउँछौंं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै कार्यदलका संयोजक सुवास नेम्वाङले आज साँझसम्म पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपालसहित पार्टीभित्र आवश्यक छलफल गरेर सहमतिलाई अन्तिम रुप दिइ भोलि टुंगोमा पुगिने बताए । उनले आवश्यक परे ओली र नेपालबीच पनि भेट हुनसक्ने बताए ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्ने जनाइएको छ ।

तीन दिनयता पार्टी मिलाउन कार्यदलमा छलफल हुँदै आएकोमा नतिजा सकारात्मक बन्दै गएको बताइएको हो । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य लगायत तथा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।