प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षतिग्रस्त सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र पुगेका छन्।

हेलिकप्टर मार्फत आएका प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा पुगेका हुन्। त्यसपछि मेलम्ची क्षेत्र जाने कार्यक्रम रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गर्ने भएका छन्। त्यसपछि गणेशबगर जाने जनाइएको छ।

उनले मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ क्षेत्रको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ पनि हेलम्बु क्षेत्र पुगेका छन्।

मनसुन शुरू भएसँगै १ असारमा आएको बाढीले हेलम्बु क्षेत्रमा जनधनको क्षति गरेको थियो। स्थानीय बासिन्दाले राहतसँगै पुनःस्थापनाका लागि माग गर्दै आएका छन्।