अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप बोकेर आएको अमेरिकी कार्गो जहाज सोमबार बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । यो खोप एकै मात्रा लगाए पुग्छ ।

एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्नेछ । तर उक्त खोप क–कसलाई लगाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन । सोको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भनिए पनि खोप कसले पाउने भनेर अझै टुंगो भइनसकेको मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

खोप सल्लाहकार समितिले समेत उमेर समूहलाई प्राथमिकतामा राखेर खोप दिन मन्त्रालयलाई सिफारिस गरेको छ । समितिका संयोजक डा. श्यामराज उप्रेतीले ५५ वर्ष माथिका उमेर समूहलाई प्राथमिकतामा राखेर खोप दिन सुझाएको बताए ।सह–प्रवक्ता अधिकारीले पनि सल्लाहकार समितिले दिएको सिफारिसकै आधारमा निर्णय हुने भए पनि अन्तिम निर्णय नभइसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय