सर्वोच्च अदालतको आदेशपछिको अवस्थाको समीक्षा र आगामी कदमबारे छलफल गर्न नेपाली कांग्रेसको नेतृत्वमा रहेको विपक्षी गठबन्धनको बैठक कोटश्वरमा बसिरहेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास क्षेत्र कोटेश्वरमा सोमवार साँझ विपक्षी गठनबन्धनको बैठक बसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, डा. बावुराम भट्टराई लगायत उपस्थित छन् ।

सर्वोच्च अदालतले सोमवार प्रतिनिधिसभा पुनःस्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।