सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विरोध प्रदर्शन गरिएको छ।

प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवलाई नियुक्त गर्न अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि एमालेको केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघ र अनेरास्ववीयूले राके जुलुससहित प्रदर्शन गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुतलासमेत जलाएका छन्। राके जुलुससहित उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि नारावाजी गरेका थिए।