मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन आर्थिक र व्यवसायिक दृष्टिकोणबाट लाभदायक हुनेछ। यस समयमा धन आर्जन गर्ने समय रहेको छ। व्यापारी हरुको लागि व्यपार बिस्तार गर्नको लागि उचित समय रहेको छ। तपाइ शारीरिक तथा मानशिक रुपमा स्वस्थ अनुभव गर्नुहुनेछ। साथी भाइ तथा आफन्तहरु सँग दिन रमाइलोमा बित्नेछ। छोटो यात्रा हुनसक्छ। धार्मिक कार्यमा मन जानेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाको बोलीको प्रभावको कारण कसैलाई पनि आकर्शित गर्न सक्नु हुनेछ। वैचारिक समृद्धि बढ्नेछ। मन प्रफुलित हुनेछ। शुभ कार्य गर्नको लागी प्रेरित हुनुहुनेछ। गरेको काममा सोचे अनुरुप सफलता मिल्नेछ। काममा आत्माबल बढ्नेछ। धन व्यवस्थापनको लागि उचित समय रहेकोछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाइको मनमा अनेक बिचार आउनेछन्।बौद्धिक कार्यमा सहभागी हुनुहुनेछ। कुनै पनि वादविवादमा नफस्नु होला। आमा तथा स्त्रीजाति सँग भाबुक हुनुहुनेछ। बसाइ सरेको योग हुदा सकभर नसारेको राम्रो हुनेछ। स्त्री जाति तथा तरल पदार्थ बाट सचेत रहनुहोला। मानशिक थकानको महशुस हुनेहुदा बिचारमा असहज हुनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाइको दिन शुभ हुनेछ। नायाँ कार्य थालनीको लागि शुभ समय रहेकोछ। साथि भाइ तथा स्टामित्रसँग भेट हुनेछ। प्रियजन सँग शुख तथा आनन्द प्राप्ति हुनेछ। परिवार तथा आफन्त सँग यात्रा गर्ने योजना बन्नेछ। आज गरेका कार्यमा सफलता मिल्नेछ। व्यापार तथा नोकरीमा भएको प्रतिस्पर्धमा बिजय प्राप्त हुनेछ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाइको दिन मध्यम फलदाहि हुनेछ। दिन आर्थिक रुपमा फलदाहि हुनेछ। खर्च बढ्ने छ। टाढाको मान्छेसँग गरेको संवाद फलदाहि हुनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ। स्त्री मित्र बाट सहयोग मिल्नेछ। आँखा तथा दात सम्बन्धि समस्या बाट राहत पाउनु हुनेछ। उत्तम भोजनको योग बनेकोछ। तपाइ आफ्नो सुमधुर बोलि बाट कसैलाई पनि प्रभाबित पर्न सक्नु हुनेछ। कार्यमा सफलता मिल्ने योग रहेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

आज तपाइको दिन मध्यम फलादाही रहेको छ। सोच्ने शक्ति बढ्नेछ। बोलीको प्रभाव बाट बिभिन्न लाभ उठाउन सक्नु हुनेछ। व्यावसाही हरुको लागि दिन लाभदाएक रहेकोछ। स्वास्थ्यमा सुधार हुनेछ। मन प्रशन्न हुनेछ। धन आर्जन हुनेछ। शुभ समाचार मिल्नेछ। वैवाहिक जीवनको शुख प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

स्वास्थ्यको बिशेस ध्यान दिनुहोला। असंयमित तथा अबिचारी व्यवहारले तपाइलाइ समस्यामा पर्न सक्छ। दूर्घटना बाट सचेत रहनुहोला। खर्च बढ्नेछ। विवाद हुने सम्भावना हुदा बोलीमा सचेत रहनुहोला। अध्यात्मले सहयोग प्राप्त हुनसक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दिन लाभ दायक हुनेछ। नोकरी तथा व्यवसायमा लाभ हुनेछ। साथी भाइ सँग भेट हुनसक्छ। प्राकृतिक स्थल घुम्ने योजना बन्नसक्छ। विवाह हुने योग बन्नेछ। पुत्र तथा पत्नी बाट लाभ हुनेछ। बिशेस गरेर महिला मित्रहरुको लागी लाभ हुने दिन बनेको छ। तपाइको कम बाट ठुला अधिकारीहरु खुशी हुनेछन्। सांसारिक जीवानमा आनन्द अनुभव गर्नु हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाइको दिन शुभ रहेको छ। तपाइको मनमा परोपकारी भावना आउने हुदा सहयोगको लागी उत्सुक हुनुहुनेछ। व्यापारमा तपाइको आयोजना व्यवस्थित हुनेछ। व्यापारको सिलसिलामा बाहिरको यात्रा हुनसक्छ। आफू भन्दा ठुला पोस्टका पधाधिकारी खुशी हुनेछन। पदोन्नतीको सम्भावना रहेकोछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

दिन मध्यम फलदाहि रहनेछ। बौद्धिक तथा लेखन कार्यम सक्रिय भइनेछ। साहित्यमा नविन सिर्जना गर्ने योजना बन्नेछ। मानसिक दुबिधाको कारण चिन्ता बढ्नेछ। स्वास्थ्यको कारण केहि थिकित महसुस गर्नु हुनेछ। सन्तानको स्वास्थ्य तथा पढाइको चिन्ता बढ्ने छ। अनावसेक खर्च बाट टाढा रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

नकारात्मक बिचार बाट टाढा रहनुहोला। धरै सोचमा पर्नु तथा रिसको कारण मानशिक स्वास्थ्यमा असर पर्नसक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारमा खटपट हुनसक्छ। खर्च बढ्नाले आर्थिक अभाव हुनसक्छ। इस्टदेभको आरधना गर्नाले राहत महसुस गर्नुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

व्यापारमा सहभागी हुने शुभ समय रहेको छ । साहित्य सिर्जना गर्ने व्यक्ति तथा कलाकारहरुको लागि आफ्नो प्रतिभा देखाउने र सम्मान पाउने योग बनेको छ। पार्टी तथा पिकिनिकमा रमाइलो गर्ने योग बनेको छ। दाम्पत्य जीवन आनन्दमय हुनेछ। नया वस्त्र तथा वाहन प्राप्त गर्ने योग बनेकोछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah