दमक/ झापाको दमकमा आज ४५ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यो जिल्लामा अन्य पालिकाहरुभन्दा दमकमा धेरैनै कोरोना संक्रमण रहेको पाईएको छ । आज पनि सबैभन्दा बढि कोरोना संक्रमित थपिएको दमकमा नै हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा २१ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो आजवको विवरण हो । झापामा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै १४९ जना संक्रमित भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो चौबीस घण्टामा दमकका ६८ जनासहित झापामा १४९ जनामा संक्रमण पुष्टि भएको हो । दमकका संक्रमितमा ३५ महिला र ३३ पुरुष छन् । दमकमा कोरोना संक्रमणदर घटन सकेको छैन ।