नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरूबीच भेटवार्ता भएको छ।

शनिबार वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायतका नेताहरूसहित अध्यक्ष ठाकुर बालकोट पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीबाट हटेपछि अध्यक्ष ओली निजी निवास बालकोट सरेका हुन्। बालुवाटारबाट सरेपछि शिष्टाचार भेटघाटका लागि बालकोट पुगेको जसपा नेता भण्डारीले बताए। “बालुवाटारबाट फर्केपछि भेटघाट भएको थिएन। शिष्टाचार भेटघाटका लागि बालकोट पुगेका हौं,” नेता भण्डारीले भने।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष विरोधमा रहे पनि प्रधानमन्त्री छँदा ओलीलाई  ठाकुर पक्षले सघाएको थियो। ठाकुर पक्ष ओली सरकारमा सहभागी पनि भएको थियो।