नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने नदिने भन्ने कुरा भोट हाल्ने बेलामा मात्रै थाहा हुने प्रतिक्रिया दिएका छन् ।

लोकान्तरसँगको कुराकानीमा भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने भन्नेबारेमा अहिले केही भन्न नसकिने बताएका हुन् ।

नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपालको कोर टिमले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताइरहेको छ भने केही नेताहरू भने त्यसको विपक्षमा छन् ।

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएपछि माधव नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री देउवाको पक्षमा १३६ मत भए मात्रै संसदमा विश्वासको मत पाउन सक्छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि एमालेमा माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा गत असार २८ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गरिदिएको थियो ।

आफूहरूले दर्ता गरेको मुद्दाको पक्षमा सर्वोच्चले फैसला सुनाएकाले वर्तमान संसदलाई पूर्ण कार्यकाल काम गर्ने वातावरण बनाउनुपर्ने दायित्व आफूहरूको रहेको माधव नेपाल पक्षीय नेताहरूले बताउने गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाउनको लागि एमालेबाट कुल ८ मत भए पुग्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah