काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावलले संघीय सांसद (प्रतिनिधि सभा सदस्य) पदबाट राजीनाको घोषणा गरेका छन्।

अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनाको घोषणा गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

आइतबार प्रतिनिधि सभा बैठक बस्नुअघि रावलले राजीना घोषणा गरेका हुन्।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको लिने कार्यसूची छ। माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ। तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरूले भने विश्वासको मत दिने बताइसकेका छन्। नेपाल लाइभ बाट साभार