मुस्ताङमा ट्रक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठिनीबाट निर्माण सामग्री लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।
ट्रकमा सातजना सवार थिए ।
रामेछाप गोकुल गंगा गाउँपालिका–१ घर भएको ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती २६ वर्षीया मोनिका श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जानकारी दिएको छ । फरक धार बाट साभार



