नवलपरासी, ४ साउन । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्रीबाट हटाइएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहेका छन् ।

केन्द्रीय कमिटीको १४औं बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा २२ सांसदले विश्वासको मत दिएपछि आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । आजको बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई कता लैजान्छ भन्ने चासो बढेको छ ।

उनका अनुसार आजको बैठक मूलतः पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुने भए पनि हिजो आइतबार प्रतिनिधि सभामा पार्टीको ह्विप विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुनेछ । ‘उहाँहरू (देउवालाई मत दिने) विरुद्ध स्पष्टीकरणको प्रोसेस अगाडि बढ्छ,’ कार्यालय सचिव तामाङले भने ।

ओली पक्षका पनि ८ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए । एमाले सांसदहरू प्रेम आले, हीरा केसी, पार्वती विशंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले प्रधानमन्त्री देउवाका पक्षमा मत हालेका हुन् । एमालेले यही साउन २५ गते विधान महाधिवशेन गर्दैछ ।