काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साेमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर कुराकानी गर्नुभएको छ ।
प्रधानमन्त्री देउवालाई हिजो साेमवार बधाई दिनुभएका मोदीले आज फोनमा कुराकानी गरेर आउँदो दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने कुरा भएको भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।
https://twitter.com/narendramodi/status/1417045208273805314?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1417045208273805314%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F56054%2F2021%2F7%2F19%2Fdeuba-and-modi-talk-in-telephone-about-covid
यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन पनि दिनुभएको छ । टेलिफोन कुराकानीका क्रममा मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले पनि टेलिफाेन कुराकारनीमा भारतीय प्रधानमन्त्री माेदीले छिट्टै काेराेना खाेप दिने आश्वासन दिनुभएकाे ट्विटरमार्फत जानकारी दिनुभएकाे छ ।
https://twitter.com/DeubaSherbdr/status/1417052046352543744?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1417052046352543744%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F56054%2F2021%2F7%2F19%2Fdeuba-and-modi-talk-in-telephone-about-covid










