काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको अपव्याख्यामा समय नखर्चन एमालेलाई आग्रह गरेका छन् । संसदमा बधाई दिने कार्यक्रममा एमालेका तर्फबाट सुवास नेम्वाङले प्रश्न उठाएपछि धन्यवाद दिन गएका देउवाले यस्तो बताएका हुन् ।

“सभामुख महोदय, विपक्षी दलको नेता संसद्मा उपस्थित हुनुहुन्न, उपनेता सुवास नेम्वाङ हुनुहुन्थ्यो उहाँ पनि हिँड्नुभएछ,” प्रधानमन्त्री देउवाले भने, “उहाँलाई नै भएपनि संविधानमा धारा ७६(५) किन छ भनेर सोध्नेवाला थिएँ । उहाँ त सभामुख पनि हुनुहुन्थ्यो त्यसबेला ।”

उनले संविधानसभाको अध्यक्ष हुँदा नेम्वाङले नै यो संविधान भत्किने छैन, संसद भंग हुने छैन भन्दै बोलेको स्मरण गराए ।

“उहाँले नै यो संविधान भत्किने छैन, पार्लियामेन्ट भंग हुने छैन भनेर अन्तरवार्ता र सार्वजनिक रूपमा बोल्नुभएको म झलझली सम्झिरहन्छु,” देउवाले भने, “दोस्रो कुरा राष्ट्रपतिले नै धारा ७६(५) अनुसार सांसदहूको समर्थनमा सरकार बनाउन आउनुस् भनेर आह्वान गरेकै हो आह्वान गरे अनुसार हामी गएका हौँ र बहुमत सदस्यको सिग्नेचर लगेका पनि हौँ ।”

देउवाले राष्ट्रपतिले बहुमत परीक्षणका लागि संसद् पठाएको वा आफैँ सनाखत गराउनसक्ने भएपनि त्यसो नगरेको बताए ।

“त्यसकारण ७६(५) किन लेखिएको भन्ने पूर्व सभामुख (सुवजास नेम्वाङ)लाई बढी थाहा छ,” देउवाले भने ।

उनले एमालेसहित सबै पार्टीलाई भोट हाल्न आह्वान गरेको भन्दै उनले आह्वान गर्नु पनि संविधान विपरीत हो भने भनिदिन पूर्वसभामुख नेम्वाङले नै आग्रह गरे । बाह्रखरी बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah