प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भए पनि नेपाली नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने बताएका छन् ।

संसदमा प्रधानमन्त्रीलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिंदै देउवाले सरकारको प्रथामिकता नै नेपाली जनतालाई खोप लगाउने भएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘यो सरकारको प्राथमिकता भनेकै खोप हो, हामी खोप लगाउनका लागि प्रयत्न जारी राख्नेछौं, प्रधानमन्त्री देउवाले भने, ‘ऋण सापटी गरेर भए पनि जतिसुकै महंगो मूल्यमा किनेर भए पनि हामी सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने प्रयास गर्नेछौं ।’ उनले गठबन्धनमा रहेका अनुभवी नेताहरुको अनुभवलाई प्रयोग गरेर केही न केही काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

‘मलाई विश्वास छ, मेरो कार्यकाल पूरा हुँदासम्म केही न केही भिजिवल काम गरेर जानेछु’, देउवाले भने, ‘यो गठबन्धनमा अनुभवी नेताहरु हुनुहुन्छ, प्रचण्डजी, उपेन्द्रजीसहितका नेताहरु हुनुहुन्छ । उहाँहरु समेतलाई विश्वासमा लिएर मेरो कार्यकालभित्र केही न केही भिजिवल काम गरेर जानेछु ।’