काठमाण्डाै - राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइएको छ ।

निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ । फाइल तस्बिर