त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ ।

कोरोना महामारी केही कम भएसँगै त्रिविले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । यसअघि महामारीका कारण पूर्वनिर्धारित परीक्षा अवरुद्ध भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भराएर बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको र सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा पनि चल्नेछ ।