झापा । बिर्तामोड नगरपालिका साउन १३ गते देखि १९ गते सम्म सिल हुने भएको छ । कार्यपालिका सदस्य, व्यवसायी, प्रशासन, स्वास्थ्यकर्मी बीचको छलफलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन १३ गते बुधबार राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए ।अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने बैठकले निर्णय गरेको छ । सरकारी संघ सस्था ,बैंक ,वित्तिय सस्था पनि बन्द गरिने जनाइएको छ । बिर्तामोड नगरपालिकामा कोरोना संक्रमित हुनेहरु बढ्दै गएपछी नगरपालिका एक हप्ताको लागी सिल गर्ने निर्णय गरेको हो ।

कोभिड संक्रमितको संख्या बढ्दै गएपछि बिर्तामोड नगरपालिकाका छिमेकी पालिकाहरु धमाधम सिल गर्न थालिएको छ । जिल्लाकै ठूलो व्यापारिक क्षेत्र बिर्तामोड नगरपालिकामा पनि कोरोना संक्रमण नियन्त्रणका लागि थप रणनीति बनाउन दबाब बढिरहेका बेला नगरपालिकाले एक साताका लागि सिल गर्ने निर्णय गरेको हो । बिर्तामोड क्षेत्रमा पनि दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah