काठमाण्डौ – वैदेशिक रोजगारीको लागि इजरायलमा नेपालबाट एक हजार श्रमिक पठाउने तयारी भइरहेको छ । ‘केयर गिभर’मा श्रमिक पठाउन लागिएको हो ।

इजरायलमा श्रमिक पठाउने विषयमा इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) र नेपालको वैदेशिक रोजगार विभागले समन्वय गरिरहेको छ । श्रमिक पठाउने काम अन्तिम चरणमा पुगेको र केही दिनमै सूचना प्रकाशित गरिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

के-कस्ता कुराहरु समेटेर सूचना प्रकाशन गर्ने भन्ने बारेमा विवरण पिबामा पठाएको र उसले उपलब्ध गराएको भोलिपल्टै सूचना प्रकाशित गरिने विभागका इजरायल रोजगारी शाखा प्रमुख फोकल पर्सन डम्बरबहादुर सुनुवारले बताउनुभयो । त्यही आधारमा नै बाँकी कुराहरु प्रष्ट भइने उहाँको भनाइ छ ।

‘पिबाले आज या भोलि नै हामीलाई जानकारी गराउँछ होला’, उहाँले भन्नुभयो, ‘त्यही अनुसार इजरायल जान चाहने श्रमिकको लागि हामी सूचना प्रकाशन गर्नेछौँ ।’

विभागले सूचना जारी गरेको २१ दिनमा परीक्षा तोकिने छ । परीक्षा अंग्रेजी भाषामा हुनेछ । रोजगारीमा इजरायल जान दश कक्षा उत्तिर्ण गरेकाले सीएमए वा अनमी पढेको हुनुपर्ने अथवा बाह्र कक्षा उत्तिर्ण गरेकाहरुले तीन महिने ‘केयर गिभिङ’ तालिम लिएको हुनुपर्नेछ ।

उमेर २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । अहिले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष श्रमिक पठाउने तयारी भएको छ ।

विभागका अनुसार दुवै पक्षको समन्वयमा नै खर्च, श्रमिक भर्ती प्रक्रिया अगाडि बढ्ने छ । कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने, पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ । तर कुन खोप लगाउने, उता गएपछि क्वरेण्टीनमा बस्ने या नबस्ने भन्ने बारेमै अझै निर्णय भएको छैन । यस्तै हवाइ भाडा श्रमिक आफैले बेहोर्नुपर्ने निर्देशक सुनुवारले बताउनुभयो । उज्यालो बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah