सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान करिब सवा २ बजे हरिवन नगरपालिका वडा नम्बर ४ गणेश चोक बस्ने ६२ वर्षीया तेतरी खातुनमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई नमूना अस्पताल हरिवनमा लगिएको थियो।

उनको दायाँ खुट्टा र पेटमा चोट लागेको थियो। नमूना अस्पतालमा सामान्य उपचारपछि नेसनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो।

उनको त्यहाँ साढे ६ बजे मृत्यु भएको थियो।