मन्त्रिपरिषद् विस्तार तयारी भएसँगै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट विस्तार तयारी गरेपछि नेपाललाई मनाउन प्रचण्ड कोटेश्वर पुगेका हुन्। पछिल्लो पटक बालुवाटारमा भएको पाँच दलीय गठबन्धन बैठकमा प्रतिनिधि पठाएर सरकारमा नजाने सन्देश सुनाएका नेपाललाई मनाउन प्रचण्ड फेरि कोटेश्वर पुगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री देउवा र प्रचण्ड नेपाल समूहलाई पनि सत्तामा लैजान तयार छन्। तर एमालेबाट बाहिरिएर नयाँ पार्टी गठन गरिनसकेको अवस्थामा सरकारमा जानु कानुनी रुपमा पनि अनुचित हुने निचोडसहित नेता नेपाल 'पर्ख र हेर' को रणनीतिमा छन्।

सरकारमा आउने अपेक्षासहित देउवाले प्रदेश प्रमुखदेखि राष्ट्रिय योजना आयोग सदस्यसम्म नेपाल समूहका लागि छुट्याइएको छ। तर नेता नेपाल अहिलेकै अवस्थामा सरकारमा जाँदा राजनीतिक फाइदा नहुने निष्षकर्षमा पुगेर बसेका छन्। नेपाल खबर बाट