स्तन शिशुका लागि दूध बनाउनमात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् ।व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ ।

सामान्यतयाः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस हार्मोनहरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ ।

किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्का्तिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।

के पातली हुँदैमा स्तन पनि साना हुन्छन् ?

तपाईंले आफूलाई पातली भन्नुभए पनि तौल लेख्नुभएको छैन । शरीरको तौलअनुसार अन्य भाग जस्तो ठयाक्कै नहुने भएपनि तौल कम हुँदाको स्तन पनि सानो हुने स्थिति रहन्छ । हामी शरीरको कति हेरेर तौल सामान्यभन्दा कम वा बढी भएको निक्यौल निकाल्छौं । सामान्यतः हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति ‘बोसो’ छ नाप्छौं । यसलाई ‘‘ भनिन्छ । हुन त यो पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो ‘‘ यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ ।

यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा ‘मोटो’ भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम ‘ भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ । तपाईंको उचाइ ५ दशमलव ४ इन्च र तौल ४५ किलोग्राम छ, भने तपाईंको ‘ यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । पहिले तौल बढी भएर पछि घट्न गएको स्थितिमा पनि स्तनको आकारमा कमी आउनुका साथै कसिलोपनमा पनि कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ । तौलमा थोरैमात्र उताररचढाव हुँदा स्तनमा परिवर्तन नदेखिन सक्छ ।

स्तन बढाउने उपाय – घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै स्तनलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । छोटकरीमा केही प्रमुख विधिको चर्चा गरौं । क्रिम प्रयोग गरेर स्तन वा मुन्टोको मालिसले स्तनको आकार बढ्ने दाबी गरिएपनि यसले ‘स्थायी’ रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्तन ठूलो भए जस्तो लाग्न सक्छ, तर त्यसले स्तनको ‘कपको आकार’ लाई परिवर्तन गर्दैन । विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो ।

उत्पादनकर्ताको भनाइमा यस्ता मल्हमले सीधै स्तनको तन्तु तथा कोषमा कार्य गरेर त्यसको वृद्धि गराउँछ ।हाल स्तन बढाउने विभिन्न किसिमका खाने चक्की विश्व बजारमा उपलब्ध हुन थालेका छन् । जडिबुटी पनि भएको दाबी गरिएका ती औषधि निर्माणकर्ताहरूको भनाइमा यसको सफलता निकै छ । त्यसबाहेक स्तनको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ ।

शल्यक्रिया एउटा अर्को प्रचलित उपाय हो । शल्यचिकित्साले नकारात्मक प्रभावबिना नै नतिजा दिन सक्ने दाबी गरिए पनि त्यसको दीर्घकालीन प्रभावका बारेमा यसै भन्न सकिने स्थिति भने छैन । शल्य चिकित्सा गरेर स्तनको आकार बढाउन सकिन्छ, तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ । तपाईंले फोम भएको ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । स्तन कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो । यसलाई आकर्षक देखाउने अन्य उपाय जस्तैः थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्तनलाई माथितिर उचाल्ने साधनहरूले आकर्षण थप्छ । श्रीमानलाई तपाईंको स्तनका सम्बन्धमा कुनै गुनासो छैन भने यो एउटा राम्रो उपाय हुनसक्छ । स्तन सानै भएपनि त्यसले यौन सुख दिन दूध उत्पादन गर्न सक्छ । -हेल्थटुडेबाट

एक अनुसन्धान दाबी : महिलाको स्तन हेर्दा पाउनु हुने छ तपाईले यस्ता फाइदा

पुरुषहरु महिलाको कुन कुरामा बढी आकर्षित हुन्छन् भन्ने बिषय गरिएका विभिन्न अध्ययनहरुले पुरुषहरु महिलाको वक्षस्थल (स्तन) प्रति सबैभन्दा बढि आकषिर्त हुने तथ्य खुलेको छ। पुरुषहरुले महिलाका वक्षस्थलमा नजर घुमाउने अब नयाँ बहाना पाएका छन् । एक अध्ययनले दाबी गरेको छ ,की महिलाका वक्षस्थल हेर्नाले पुरुषहरुको आयु बढ्दछ । बेलायतको न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक अनुसन्धानका अनुसार हरेकदिन लगभग १० मिनेट जति महिलाका वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष रुपले नजर् लगाउने पुरुषहरुको आयु ५ वर्ष सम्म बढ्ने जनाएको छ।

जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले के दाबी गरेका छन् भने महिलाका वक्षस्थलमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हो ।पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको अध्ययन सर्भेक्षणबाट अनुसन्धानकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । अनुसन्धानकर्ताका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै उनीहरुमा हृदयगति पनि सन्तुलित हुन्छ ।

यौन चाहनाले मानिसको रक्त संचार प्रकियालाई सन्तुलित बनाउने ,अनुसन्धानकर्ता डाक्टर क्यारन वेदरवीले जनाएका छन् जसको कारणले मानसको स्वास्थ्य राम्रो हुने गर्दछ । स्वदेश नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय