अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौको माइतिघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । प्रदर्शनकारीले एमसीसी चाइदैन आमा बेच्न पाइदैन, राष्ट्रघातिहरु होसियार , एमसीसी सांसदहरु होसियार लगाएतका व्यानर प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले एमसीसी अहिलको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताएका थिए ।
उनीहरुले एमसीसीलाई अघि बढाए चूप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।



