केही समयअघि बाढीले क्षति पुर्‍याएको हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भइरहेको छ । वर्षासँगै खोला तथा नदीहरूको बहाव पनि बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार यति बेला मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको छ । बस्नेतका अनुसार बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ ।

त्यस्तै हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दा लाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सचेत गराएका छन् । गत असार १ जत्तिकै आवाजमा खोलामा बाढी आएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय