विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा कोरोना संक्रमणदर र मृत्युदर बढ्दै गएको छ । स्थानीय सरकार नगरपालिकाले जारी गरेको निषेधाज्ञाको फितलो कार्यन्वयन भएपनि कडा निषेधाज्ञा जारी गर्न भने छाडेको छैन । एकसाता अघि दमक सिल भनिएकोमा अहिले त्यसैकै निरन्तरता सहित थप कडा निषेधाज्ञाको घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञालाई आधार बनाउदै आवश्यकताका आधारमा थप कडा निषेधाज्ञा जारी भएको बताईएको छ । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले प्रभावकारी न्यूजलाई दिनु भएको जानकारी अनुसार बैंक तथा वित्तिय संस्थाहरुको एटिएम बाहेकका सबै सेवा बन्द रहनेछन् ।

आईतवार साँझ नगरपालिका प्रवक्ता समेत रहेकी अधिकारीले जारी गरेको प्रेस बिज्ञप्तिमा यो उल्लेख छ । बैंक र वित्तीय संस्था सञ्चालन सम्बन्धमा नगरपालिकाले जारी गरेको निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरुको सम्बन्धमा एटिएम सेवा बाहेक अन्य सेवाहरु संचालन नगर्ने, भन्ने उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय झापा र दमक नगरपालिकाले जारी गरेको निषेधाज्ञा फरक खालको भएपछि धेरैले प्रभावकारीन्यूज संग पनि कुन लागु गर्ने ? भनेर अन्योल भएको बताउदै आउनु भएको थियो । जिल्ला प्रशासन कार्यालय झापाले स्थानीयस्तरमा पालिकाहरुले आवश्यकताका आधारमा थप निर्णय गर्न सक्ने भनेकाले दमक नगरपालिकाको निर्णय नै यहाँ कार्यन्वयन हुने जनाईएको छ ।

अघिल्लो निषेधाज्ञामा अस्पतालको ओपिडि बन्द गर्ने निर्णय भएपनि यो पटक भने यसमा भने केहि खुकुलो गरिएको छ । प्रभावकारी न्यूजलाई अधिकारीले बताएअनुसार अस्पतालहरुले आकस्मिक सेवा बाहेक अन्य सेवा संचालन गर्दा आवश्यकता तथा औचित्यताको आधारमा आफै निर्णय गरी सेवा संचालन गर्ने अन्य स्वास्थ्यसेवा प्रदायक संस्थाले आकस्मिक सेवा मात्र संचालन गर्ने र सो सेवा संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्ण रुपमा पालना गर्नु पर्नेछ ।

ढुवानीका सामाग्रिहरुका लागि पनि नगरपालिकाले नयाँ समयतालिका सार्वजनिक गरेको छ । दमक नगरपालिकाक्षेत्र भित्र खाद्यान्न लगायतका सामाग्री ढुवानी बेलुका ५ बजे देखि बेलुका ८ बजे सम्म गर्न पाउने निषेधाज्ञामा उल्लेख रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah