दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ ।

पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो । दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर शुरु हुँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो । मन्त्रालयका अनुसार कम्तीमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाएसम्म विदेशी बिधार्थी हाललाई स्वीकार्य हुने छैन ।

दक्षिण कोरियाले हालसम्म ३४.९ प्रतिशत पहिलो र १३.५ प्रतिशत दोस्रो डोजको खोप लगाएको छ । आगामी सेक्टेम्बरको अन्त्यसम्म ७० प्रतिशत खोप लगाउने लक्ष्य पूरा हुने मन्त्रालयले बताएको छ ।

नेपालसहित तत्काल प्रवेशमा रोक लगाएका देशहरूमा भारत, दक्षिण अफ्रिका, मलावी, बोत्सवाना, मोजाम्बिक, इस्वातिनी, जिम्बाब्वे, बङ्गलादेश, ब्राजिल, सुरिनाम, पाराग्वे, चिली, उरुग्वे, फिलिपिन्स, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियतनाम, रुस, लेबनान, मलेसिया, हाइटी, अंगोला, कुवेत र त्रिनिदाद र टोबागो छन् ।