झापा । झापामा कोरोना संक्रमणको जोखिम देशभरिकै उच्च रहेको छ । झापामा ३५ प्रतिशतभन्दा बढी कोरोना संक्रमण दर पाइएको हो । जवकि देशभरिको संक्रमण दर करिब २४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा मंगलबार ३४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ९११ जनालाई पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३४९ जनालाई संक्रमण पुष्टि भएको हो । जुन ३८।३ प्रतिशत हुन आउँछ । गएको साउन १४ गते संक्रमणको दर ४१।८ प्रतिशत रहेको थियो ।

साउन १८ गते सोमबार झापाका १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पीसीआर र एन्टीजन गरी ५ सय ४८ जनाको परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबारको संक्रमण दर ३४।३ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाद्वारा जारी तथ्यांकमा उल्लेख छ । त्यस्तै साउन १७ गते जम्मा ५६४ परीक्षण भएकोमा २१७ जनामा संक्रमण पुष्टि भएको थियो ।

जुन ३८।४ प्रतिशत हुन आउँछ । साउन १६ गते ४१३ जनाको कोरोना परीक्षण गरिएको थियो । उक्त दिन १४४ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो दिनको संक्रमणको प्रतिशत ३४।८ थियो । साउन १५ गतेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार ६५९ जनाको नमूना परीक्षण गर्दा २१७ जनामा संक्रमण देखियो । त्यो दिनको संक्रमणको प्रतिशत ३२।९ थियो । कार्यालयका अनुसार साउन १४ गते ७०९ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यो दिन २९७ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो दिनको संक्रमणको प्रतिशत ४१।८ थियो । त्यस्तै साउन १३ गते १०१५ जनाको परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको थियो ।

उक्त दिनको संक्रमण दर ३२।९ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटा पालिकामध्ये शहरी क्षेत्रमा बढी संक्रमण फैलिएको पाइएको छ । दमक , बिर्तामोड , मेचीनगर , भद्रपुर , अर्जुनधारा , कनकाई नगरपालिकामा धेरै संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । उनले जनसँख्याको बढी चाप भएको क्षेत्रमा त्यसमा पनि भीडभाड गर्नाले संक्रमणको जोखिम बढेको बताए । जनस्वास्थ्यको न्यूनतम मापदण्डसमेत पालना नगर्दा संक्रमण रोकथाममा समस्या देखिएको उनको भनाई छ ।

सरकारले १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । जसमा झापामा पहिलो स्थानमा रहेको छ । त्यसपछि सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन् । यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन् । जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन् । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमण दर बढ्दै गएको बताए। टाइम्स अफ प्रदेश बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah