काठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने २८ वर्षीया बबिता राईको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौमती डेरा गरेर बस्ने नुवाकोट तादी गाउँपालिका-२, सातबीसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई हत्या आरोपमा पक्राउ गरिएको छ ।
गोतामेलाई आज बिहान पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।



