प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको रहेको सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने भएको छ ।

यसअघि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

सरकारका न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले प्रधानमन्त्री देउवालाई बुझाएको प्रतिवेदनमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरिएको हो ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्ने खालको संयन्त्र बनाउन नमिल्ने भन्दै यसअघि संयन्त्र बन्न सकेको थिएन ।

सरकारको काममा समन्वय गर्न गठित संयन्त्रको संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने तयारी रहेको स्रोतको भनाइ छ ।

कार्यदलका सबै दलका अध्यक्ष र केही नेता रहने प्रस्ताव गरिएको छ ।

एमाले वरिष्ठ नेता माधव नेपाललाई पनि सो संयन्त्रको संयोजक बन्न प्रस्ताव गरिएको स्रोतको दाबी छ ।

तर, नेता नेपाल भने पार्टी एकता गर्ने भन्दै संयन्त्रको संयोजक बन्ने प्रस्ताव अस्वीकार गरेका थिए ।

‘गठबन्धनलाई दिगो बनाउन, सहकार्यको संस्कृति विकास गर्न, राष्ट्रिय महत्त्वका विषयहरूमा राजनीतिक सहमति जुटाउन तथा संयुक्त सरकारलाई सुचारु रूपले सञ्चालन गर्न सहयोग पुर्‍याउन संयुक्त सरकार गठनमा सहमत राजनीतिक दलहरूको सहभागितामा एक उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरिने छ,’ कार्यदलले प्रधामन्त्री देउवालाई बुझाएको प्रतिवेदनमा भनिएको छ ।

कार्यदलले दिएको न्युनतम साझा सहमतिको कार्यक्रमलाई दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेर सार्वजनिक गर्ने तयारी छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं कार्यदलका सदस्य देव गुरुङले शुक्रवार बिहान प्रतिवेदन बुझाइएको र छिट्टै सार्वजनिक हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah