नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले सरकारले परीक्षा स्थगित मात्रै होइन, विकल्पसहित निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय हुने विश्वास मिलेको बताए ।
थापाले लेखेका छन्, ‘हिजो प्रधानमन्त्रीसँगको भेटमा अन्य कुरासँगै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन, विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं । प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाउनुभएको छ ।’
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
https://twitter.com/thapagk/status/1423864941048590345?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1423864941048590345%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F153149%2F2021%2F8%2F7%2Feducation%2Fgagan-thapa










