विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकको कोभिड उपचार केन्द्र बेलडाँगीमा कोरोना संक्रमितको चाप बढेको छ । यसका साथै कोभिडका विरामीको उपचार गराउदै आएको आम्दा अस्पताल दमक र एडभान्स हस्पिटलको अवस्था पनि उस्तै रहेको जनाईएको छ । झापामा सबैभन्दा बढि कोभिड प्रभावित तथा संक्रमणदर धेरै भएको स्थानीय तहमध्ये दमक नै रहेको छ । दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले एक सार्वजनिक कार्यक्रममा शनिवार जनाए अनुसार दमकमा परिक्षण गरिएकाहरुमध्ये ६० प्रतिशतसम्मलाई कोरोना संक्रमण देखिएको छ ।

शनिवार सार्वजनिक भएको विवरण अनुसार दमक कोभिड उपचार केन्द्रमा ४२ जना उपचाररत रहेकाछन् । ३० बेड पुर्ण क्षमता भएपनि केहि थप आईसुलेसन वार्डहरु पनि रहेकाछन् । अब बेडमामात्र होइन, कुर्सिमा समेत राखेर उपचार गराउने अवस्था छैन, कोभिड फोकल पर्सन देबी दंगालले भनेकीछन् । कोभिड अस्पतालको बेड मात्र हैन कुर्सीहरु पनि भरिए अब बाकी कतै छैन है, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकीछन् ।

यसैगरी दमककोे आम्दा अस्पतालमा २७ र एडभान्स अस्पतालमा १८ जना कोभिडका विरामीको उपचार भइरहेको छ । दुबै अस्पतालमा आईसियु र भेन्टिलेटर बेड पाईने अवस्था रहेको छैन । अस्पतालमा भर्ना गरेर विरामी उपचार गर्न सक्ने अवस्था नरहने स्थिति आउन लागेको अस्पतालहरुले जनाउन थालेकाछन् । गम्भिर अवस्थाका ६ जना विरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि जानकारी दिईएको छ ।

कोरोना संक्रमण धेरै नै बढेको भन्दै दमकमा कडा किसिमको लकडाउन गर्नु पर्ने सुझाव यहाँका सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला निकायहरुले सुझाव दिएपनि यो कार्यन्वयन हुन सकेको छैन । यस बिषयमा प्रभावकारीन्यूजले बारम्बार रुपमा सरोकारवालाहरुको ध्यानकर्षण पनि गराउदै आएको छ । कोरोना संक्रमणको चेन ब्रेकका लागि लकडाउन बाहेकको खास अन्य विकल्प नरहेको भनिरहदा पनि दमकमा नाम मात्रैको लकडाउन तथा निषेधाज्ञा रहेको छ । यसको पालना गराउन स्थानीय सरकार र स्थानीय प्रशासनले सकेको छैन ।

तस्विर-कोभिड उपचार केन्द्र दमककी फोकल पर्सन देबी दंगालको फेसबुकबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah