बोलबम बोकेको बोलेरो गाडी रौतहटको नुनथरस्थित नहरमा खस्दा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

आज (सोमबार) बिहान बाराबाट रौतहटको नुनथरमा जल लिन आएको बोलबम चढेको ना ५ च ३१६६ नम्बरको बलेरो गाडी जिल्लाको चन्द्रपुर नगरपालिका–१ स्थित बागमती सिंचाईको नहरमा बिहान ४ बजे खसेको थियो ।

बलेरो नहरमा खस्दा बारा गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मिनादेबी कोईरीको घटनास्थालमै ज्यान गएको र सोही बलेरोमा सवार बाराकै बोधवन नगरपालिका बस्ने ६५ वर्षीया सोनरीदेवी मुखिया नरहमा बेपत्ता भएको इलाका प्हरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने जानकारी दिएका छन् ।

बलेरोमा सवार घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । नहरमा खसेको बोलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको र बेपत्ता महिलाको खोजीकार्यमा प्रहरी जुटेको डिएसपी लामिछाने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah