मेची नदीले एउटा मुख्य सीमा पिलर बगाएको छ। नदीले कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेको थियो। नदीले पाठामारीको तटीय क्षेत्र कटान गर्ने क्रममा सोमबार दिउँसो ४ बजे नेपाल–भारतको एउटा मुख्य सीमा पिलर बगाएको डिएसपी भण्डारीले बताए।

मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका रहेका दुई दर्जन बढी सानो सीमा पिलर पनि डुबानमा परेका उनले जनाकारी दिए। नदीले तटीय क्षेत्र कटान गर्नेमा क्रममा केही दिनअघि मात्र पिलर नजिकै रहेका रुखहरू बगाएर लगेको थियो। स्थानीय कमल गणेशले भने, ‘त्यसबेला पिलर मात्र बाँकी थियो, आज पिलर पनि बगाएर लगियो।’

पिलर बगाएको दक्षिणतर्फ भारतीय बस्ती छ, पूर्वतर्फ नेपाली बस्ती। ‘समयमा तटबन्ध गरिएको भए सीमा पिलरसँगै तटीय क्षेत्रका जमिन जोगाउन सकिन्थ्यो,’ उनले भने। मेची नदीले यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती पनि बगाएर लैजाने खतरा बढेको भारतीय नागरिक उपेन्द्र साहले बताए।

११२ सीमा पिलर नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले सुरक्षा दिइरहेको छ। सशस्त्र प्रहरीको पोस्ट पनि बगाउने अवस्था पुगेको स्थानीयले बताएका छन्। सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक वर्षअघि नै सम्बन्धित निकाय जानकार थियो। तर, कोरोना महामारीका कारण त्यसलाई जोगाउन सकिएन। नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले सीमा पिलरहरू केही समस्या देखिएमा संयुक्त रुपमा काम गर्नुपर्ने दुवै देशको सरकारको नीति छ। कोरोनाले गर्दा डेढ वर्षदेखि झापासँग जोडिएको सीमा पिलरको स्थलगत निरीक्षण हुन नसकेको डिएसपी भण्डारीले बताए। –पार्थ मण्डल/टाइम्सअफप्रदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah