दमक/ काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले झापाको दमकमा वाल अस्पताल खोल्ने निश्चित भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्धारा सञ्चालित दमक बाल अस्पतालमा कर्मचारीहरु माग गरेको हो । यो नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको सुविधा सम्पन्न भवनमा रहने जनाईएको छ ।

वरिष्ठ पिडियाटीक्स कन्सल्ट्यान्ट, पिडियाटीक्स कन्सल्ट्यान्ट सह– पिडियाटीक्स कन्सल्ट्यान्ट, मेडिकल अधिकृत, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोग्राफर, ल्याव टेक्नोलोजिष्ट, ल्याव टेक्निसियन, फार्मासिष्ट, फार्मेसी सहायक, प्रमुख नर्सिङ्ग सुपरभाइजर, स्टाफ नर्स, प्रशासकिय अधिकृत, लेखा अधिकृत, प्रशासन उपसहायक तथा लेखा उपसहायकका केही पदहरुमा जागिरका लागि विज्ञापन समेत गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसरी खुलायो विज्ञापन

यस काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ द्धारा सञ्चालित दमक बाल अस्पताल, झापा, दमकमा रिक्त रहेका वरिष्ठ पिडियाटीक्स कन्सल्ट्यान्ट, पिडियाटीक्स कन्सल्ट्यान्ट सह– पिडियाटीक्स कन्सल्ट्यान्ट, मेडिकल अधिकृत, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोग्राफर, ल्याव टेक्नोलोजिष्ट, ल्याव टेक्निसियन, फार्मासिष्ट, फार्मेसी सहायक, प्रमुख नर्सिङ्ग सुपरभाइजर, स्टाफ नर्स, प्रशासकिय अधिकृत, लेखा अधिकृत, प्रशासन उपसहायक तथा लेखा उपसहायकका केही पदहरुमा करार सेवामा पदपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ