काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटमार्फत उहाँले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री देउवाले सुरक्षा र उद्धारकाे प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको पनि उल्लेख गर्नुभएको छ ।

https://twitter.com/SherBDeuba/status/1427121084239736833?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1427121084239736833%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F57241%2F2021%2F8%2F16%2Fgovernment-serious-about-rescuing-nepalis