बिर्तामोड, साउन ३२ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार (आज) बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएको छ । बैठकले भदौ १ गतेबाट व्यवसाय सञ्चालनको बाटो खुलाएको छ ।

मंगलबारबाट खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक र हार्डवेयर पसल, निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसल विहान १० बजेदेखि बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने छ । औषधि पसल भने चौबिसै घण्टा सञ्चालनमा आउने छन् ।

यसअघि साउन १६ गतेदेखि यि व्यवसाय बन्द रहेका थिए । पसल सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न पसल सञ्चालकहरुलाई आग्रह गरिएको छ । साथै प्रशासनले अनुगमनसमेत गर्ने जनाइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको उक्त बैठकले जिल्लामा खाजा घर, रेष्टुरेन्ट तथा मिठाइ पसल सञ्चालनको बाटोसमेत खुलाएको छ । यससँगै भदौ १ गतेदेखि खाजा घर, रेष्टुरेन्ट तथा मिठाइ पसल विहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनको निर्णय डीसीसीएमसीको बैठकले गरेको छ ।

होटल तथा लज सञ्चालनका लागि जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी कुल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्न पाइने निर्णय बैठकले गरेको छ । होटल सञ्चालन गर्दा मापदण्ड पालना भए नभएको सम्बन्धमा जिल्ला तथा पालिकाले अनुगमन गर्ने निर्णय बैठकले गरेको छ ।

आइतबार जिल्ला भरका उद्योग वाणिज्य संघका प्रतिनिधिको उक्त टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेट गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका थिए । टोलीको मागलाई सम्बोधन गरिएको डिसीसीएमसीको बैठकले जनाएको छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने व्यवसायीको भनाई छ ।

बैठकले सबैप्रकारका सार्वजनिक तथा निजी सवारी साधान स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने निर्णय गरेको छ । बैंक तथा वित्तिय संस्थाले कारोबार गर्दा कुनै पनि भिडभाड नगराई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

डीसीसीएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाएपनि पुर्ण रुपमा भने खुल्ला गरेको छैन । बैठकले आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी राखेको छ । सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ । भौतिक रुपमा उपस्थित भइ हुने सबै खाले सभा, सम्मेलन, जुलुस तालिम बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah