काठमाडौं । अफगानिस्तानको काबुलबाट उद्धार गरेर थप ८७ जना नेपाली काठमाडौं आइपुगेका छन् । मंगलबार राति जजिरा एअरमाफर्त ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
काबुलबाट उद्धार गरी कुवेत पु¥याइएका थप ८७ जना नेपाल फिर्ता भएका हुन् । हिजो बिहान अमेरिकी सरकारको सहयोगमा १ सय २७ जना नेपाली काठमाडौं आइपुगेका थिए ।
स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल ल्याइएकामध्ये सबैको कोरोना परीक्षण गरिएको छ ।
संक्रमण देखिएकालाई उपचार पछि घर पठाइने र संक्रमण नभएकालाई सिधै घर पठाइएको छ । अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् ।



