काठमाडौ । नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने अन्तिम तयारीमा पुगेको छ ।
माधवकुमार नेपाल पक्षका नेताहरुले बुधवार अपरान्ह आयोगको कार्यालय कान्तिपथमा पुगेर दल दर्ताका लागि निवेदन दिने प्रक्रियाबारे बुझ्न राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका थिए ।
पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राख्न निवेदनमा प्रस्ताव गरिएको नेता झाँक्रीले जानकारी दिनुभयो ।
पार्टीको नाम, चुनाव चिन्ह र आयोग खुल्ने समयबारेमा जानकारी लिन उहाँहरु आयोग पुग्नुभएको बताइएको छ ।
सम्भव भएसम्म आजै दल दर्ताका लागि आवश्यक कागजात तयार पारिरहेको एक नेताले बताए । अहिले नयाँ बानेश्वरसिथ्त होटल अर्यालमा भेला भएर दल दर्ताका लागि आवश्यक पर्ने हस्ताक्षरसहितका कागजात संकलन गरिरहेको छ ।



