बझाङ । अविरल वर्षाका कारण आएको पहिरोले शनिबारदेखि थुनिएको सानीगाड खोलाको ताल निकासीका लागि विस्फोटको तयारी गरिएको छ ।

बझाङको बुगंल नगरपालिका ७ मा पहिरो गएपछि शुक्रबार दिउँसोबाट नदी थुनिएको थियो । पहिरोले थुनिएपछि सो क्षेत्रका दुई घर पुरिएका छन् भने खोलामा ताल परेको छ । ताल ओभरफ्लो भएर बगिरहेको छ ।

कालङ्गा र सानीगाड आसपासका दुई दर्जन भन्दा बढी गाउँहरु जोखिममा परेका छन् । यसका साथै नदीले बुगंल क्षेत्रका गाडको आसपासका क्षेत्रमा सयौ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ भने सैयाैं रोपनी जमिन जोखिममा परेका छन् ।

खोला थुनिएर बनेको तालले बस्ती नै जोखिममा परेपछि विस्फोट गराएर पानीलाई निकास दिन नेपाली सेनाको टोली सो स्थानमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । सानीगाड र कालङ्गा नदीको आसपासका बस्तीहरू जेखिम रहेकाले सचेत रहन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah