झापा । हल्दिबारी गाउँपालिका २ अन्तरगतको क्यानरी बोर्डिङ स्कुलदेखि पूर्व सृजना चौकसम्मको सडक खण्ड यति बेला स्थानीयवासीले बन्द गरेका छन् ।

अत्यन्त व्यस्त उक्त सडक बर्खासँगै जीर्ण बनेको छ । सामान्यतया पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्दा समेत समस्या भएपछि बाध्य भएर आवतजावतमा अवरोध गर्नुपरेको स्थानीयले बताएका छन् । कन्स्ट्रक्सन कम्पनी तथा स्थानीय ठेकेदारहरूका टिपर, ट्रक, ट्याक्टर तथा ठुला सवारी साधनको अत्यधिक आवतजावतले सडक जीर्ण बन्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको गुनासो स्थानीयको छ ।

त्यसैगरी हल्दिबारी– जलथल जोड्ने नेत्रमार्गअन्तर्गतको सडक खण्डको अवस्था पनि उस्तै जीर्ण रहेको छ । आवतजावतका हिसाबले नेत्र मार्ग पनि अत्यधिक व्यस्त सडकमध्ये एक हो । बर्खाको झरी तथा ठुला सवारी साधनको आवतजावतबाट जीर्ण बनेका यी सडक खण्डको मर्मत तथा सम्भार समयमा नै हुन नसक्दा स्थानीयवासी समस्यामा परेका छन् ।

सामान्यतया बर्खा झरीले बिगारेका सडकको मर्मत गर्ने काम स्थानीय निकायको वडा कार्यालय तथा गाउँपालिकाको हो । तर, यहाँ सडकमा पैदल यात्रा गर्न समेत समस्या हुँदा स्थानीय निकायका जनप्रतिनिधि बेखबर बनेको गुनासो छ ।
सम्बन्धित निकाय वडा कार्यालय, गाउँपालिकाका जनप्रतिनिधिहरूलाई बारम्बार मौखिक रुपमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडकमा नै अवरोध गर्नुपरेको एक स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah