काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा तीन तला माथिबाट खसेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरी घर भएका २८ वर्षीय सञ्जीव महर्जन छन् । मंगलबार राति महर्जनको खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मामा नाता पर्ने विनोद जोशीको घरमा गएको अवस्थामा खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।