मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रतिकित्ता रू. १३२.६९ देखि रू. ३९८.०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ । मानुषी लघुवित्तको आर्थिक वर्ष २०७६र७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू. १३२.६९ रहेको छ ।
कम्पनीले सर्वसाधारणमा साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरी भदौ ७ गते बाँडफाँट गरेको छ । सर्वसाधारणमा कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ वितरण गरेको हो । कुल कित्तामध्य ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
आइपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू। १० करोड ९३ लाख ७५ हजार पुगेको छ । कम्पनीको शेयरमा संस्थापक तर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व रहेको छ ।



