काठमाण्डाै – अफगानिस्तानबाट आज बिहीवार थप ११ जना नेपालीको उद्धार गरिएकाे छ । उनीहरू नयाँ दिल्ली आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै काबुलका विभिन्न ठाउँबाट उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । काबुलबाट उद्धारको काम भइरहेकाे तथा दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीलाई काठमाण्डौसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको सरकारले जनाएको छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेकाे छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेकाे छ ।

नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसकाे जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah