
काठमाण्डाै – अफगानिस्तानबाट उद्धार गरिएका थप आठ जना आज आइतवार दाेहाबाट काठमाण्डाै आएका परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ ।
अफगानिस्तानबाट अहिलेसम्म सात सय ७८ जनाको उद्धार गरिएको र ती सबै नेपाल आइसकेका पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।