झापा । तस्करीका सामान नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि हातपात गर्ने एक तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १३ निवासी ३२ वर्षीय नरेश यादवले रहेको प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भारतबाट अवैध रूपमा शनिवार मध्यरात तस्करले कपडा ल्याइरहेको गोप्य सूचनाका आधारमा विराटनगर–१२ स्थित बखरी प्रहरी चौकीका असई भुवन श्रेष्ठको नेतृत्वको टोली नेपाल भारतको सीमा क्षेत्र दरैयाबस्तीमा पुगेर कपडा बरामद गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

को २ ह ६२२६ नम्बरको अटोमा तस्करहरूले कपडा ल्याएका थिए । प्रहरीले कपडा बरामद गरेपछि तस्करका नाइके नरेश यादव घटनास्थलमा आइपुगेका थिए । सादा पोसाकमा रहेको प्रहरी भएकाले सामान छोड्न भन्दै यादवले उल्टै प्रहरीमाथि हातपात गरेका थिए ।