दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत धनगढी पुगाईएको छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो ।

दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको उपचार धनगढी स्थित सेती प्रदेशिक अस्पतालमा भैरहेको छ । सोमबार साझ हेलिकोप्टरमार्फत धनगढी पुगाईएका दुई जनाको उपचार धनगढीमा भैरहेको प्रदेश सभा सदस्य नन्दा बमले जानकारी दिईन् ।

दुबै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्। बाढीले घर, पुल र लघुजलविद्युत समेत बगाएको छ। आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय