दमक / दमक उद्योग वाणिज्य संघले व्यवसायीहरुले लिएको ऋण लक डाउनको कारण व्यापार गर्न नपाए पछि ब्याज तिर्न परेको समस्यालाइ लिएर केही दिन देखि दमकका बैक तथा बित्तिय संस्थाका प्रमुखहरू संगकाे भेटघाट लाइ तिब्र पारेकाे छ ।

सघंका अध्यक्ष गाेकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गाेपाल गुरागाइ, कार्यसमिति सदस्य चन्द्र खत्री लागयतकाे टाेलिले अाइतबार जिल्ला सहकारी संघका उपाध्यक्ष तथा नवदुर्गा बचत तथा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष प्रेम काेइराला र झापा जिल्ला बचत तथा ऋण सहकारी संग झापाका अध्यक्ष तथा डाफे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष तुलाराम न्याैपाने लाइ छुट्टाछुट्टै भेट गरी ज्ञापन पत्र बुझाएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघले बुझाएको ध्यानाकर्षण पत्रमा लकडाउन अर्थात पूर्ण निषेधाज्ञा अवधिभरको ब्याज छुट गर्न, बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायिक क्षेत्रमा गरेको ऋण लगानीको साँवा तथा ब्याजका लागि पूर्ण रुपमा निषेधाज्ञा हटेको तीन महिना सम्म ताकेता नगर्न, यस अघि लगानी भएको ऋणमा २० देखि २५ प्रतिशत सम्म ऋण सोही धितोमा थप गर्ने व्यवस्था मिलाउन आग्रह गरीएकाे छ । केही अघि मात्र संघले दमकमा रहेका सम्पुर्ण बैकंका शाखा प्रमुख संग यस बिषयमा छलफल गरेकाे थियाे ।