काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड तथा ननकोभिडको सेवालाई प्रभावकारी बनाउन र आवश्यक सुझाव माग गर्न विज्ञहरुको समिति बनाएको छ। राज्यमन्त्री उमेश श्रेष्ठले विभिन्न क्षेत्रका विज्ञहरु रहेको १५ सदस्यीय समिति गठन गरेका हुन्।

विज्ञ समितिलाई कोरोना नियन्त्रणका लागि प्रयोग भएका रणनीति, कार्यदेश, निर्देशिका, कार्यविधि, मापदण्डको मुल्यांकन गरी परिमार्जन सुझावदेखि उपचार अवस्थाको अनुगमन, औषधि उपकरणको समुचित प्रयोगको अनुगमनसमेत गर्ने अधिकार दिइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजत्वमा विज्ञ समिति गठन भएको हो।

समितिमा डा जनक कोइराला, डा अनुप सुवेदी, डा अनुप बास्तोला, डा विराज कर्माचार्य, डा शेरबहादुर पुन, डा मेघनाथ धिमाल, डा सुमित अग्रवाल, डा विश्वकुमार श्रेष्ठ, डा अशिष श्रेष्ठ, डा अशेष ढुंगाना, डा अनिल पोखरेल, डा रेखा मानन्धर सदस्य छन्।

समितिमा नेपाल चिकित्सक संघ र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसमेत सदस्य रहने छन्।

विज्ञ समितिलाई ६ वटा कार्यादेश तोकिएको छ।